विराटनगरमा पनि कराेनाकाे जाेखिम बढिरहेकाे छ र काेराेना संक्रमित सबैलाई उदयपुरमा भेटिएका १२ जनामा एक नेपाली, सबैका उपचार विराटनगरमा विराटनगर बासिहरू सचेत ः-
विराटनगर । उदयपुरको त्रियुगास्थित मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीहरुमध्ये एक जना नेपाली भएको पाइएको छ ।
शुक्रबार संक्रमण रहेको पुष्टि भएका उदयपुरका १२ मध्ये एक नेपाली र ११ भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उदयपुरका १२ संक्रमित पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।
त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसिरहेका १६ जनामध्ये पोजेटिभ देखिएका १२ जनाको स्पष्ट पहिचान गर्न नसकेपछि सबैलाई विराटनगर पठाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिनुभएको छ । संक्रमितको व्यक्तिगत विवरण प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भएपछि सबैलाई एम्बुलेन्समा हालेर पठाएको उहाँको भनाइ छ । मस्जिदमा बस्ने ४ जना भने नेपाली रहेको बताइएको छ
भुल्केको मस्जिलमा लुकेर भारतीय बसेको जानकारीपछि उनीहरुको स्वाब परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याइएको थियो । परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको थियो । तर, थप शंका भएपछि सबैको नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा १२ जनामा कोराना भएको पुष्टि भएको हो ।
उदयपुरबाट ल्याइने कोरोना संक्रमितलाई विराटनगरको कोभिड–१९ विषेश अस्पतालमा राखिनेछ । अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्नेछ ।
यसैबीच संक्रमण पुष्टि भएपछि त्रियुगाको मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई शिल गर्ने र संक्रमितको ट्राभल हिष्ट्री खोजी गर्ने काम सुरु भएको उदयपुरका प्रजिअ पहाडीले बताउनुभयो ।
भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उनीहरु विराटनगर हुँदै आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले लकडाउन अगाडि नै नेपाल आएको बताएपनि स्थानीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दावी गरेका छन् ।
शुक्रबार एकैदिन उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुमध्ये पहिलो संक्रमित निको भइसकेका छन् । संक्रमितमध्ये १३ जना भारतीय छन् ।
प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् ।
आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पतालमा राखिने भएको छ ।
उनिहरुलाई आजै एम्बुलेन्समा राखेर विराटनगर ल्याइने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । यता अस्पतालमा व्यवस्थापनको तयारी सुरु गरिएको छ ।
विराटनगर । उदयपुरको त्रियुगास्थित मस्जिदमा रहेका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीहरुमध्ये एक जना नेपाली भएको पाइएको छ ।
शुक्रबार संक्रमण रहेको पुष्टि भएका उदयपुरका १२ मध्ये एक नेपाली र ११ भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उदयपुरका १२ संक्रमित पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।
त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसिरहेका १६ जनामध्ये पोजेटिभ देखिएका १२ जनाको स्पष्ट पहिचान गर्न नसकेपछि सबैलाई विराटनगर पठाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिनुभएको छ । संक्रमितको व्यक्तिगत विवरण प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भएपछि सबैलाई एम्बुलेन्समा हालेर पठाएको उहाँको भनाइ छ । मस्जिदमा बस्ने ४ जना भने नेपाली रहेको बताइएको छ
भुल्केको मस्जिलमा लुकेर भारतीय बसेको जानकारीपछि उनीहरुको स्वाब परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याइएको थियो । परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको थियो । तर, थप शंका भएपछि सबैको नमुना टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगेर परीक्षण गर्दा १२ जनामा कोराना भएको पुष्टि भएको हो ।
उदयपुरबाट ल्याइने कोरोना संक्रमितलाई विराटनगरको कोभिड–१९ विषेश अस्पतालमा राखिनेछ । अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्नेछ ।
यसैबीच संक्रमण पुष्टि भएपछि त्रियुगाको मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई शिल गर्ने र संक्रमितको ट्राभल हिष्ट्री खोजी गर्ने काम सुरु भएको उदयपुरका प्रजिअ पहाडीले बताउनुभयो ।
भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उनीहरु विराटनगर हुँदै आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले लकडाउन अगाडि नै नेपाल आएको बताएपनि स्थानीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दावी गरेका छन् ।
शुक्रबार एकैदिन उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुमध्ये पहिलो संक्रमित निको भइसकेका छन् । संक्रमितमध्ये १३ जना भारतीय छन् ।
नेपालमा आज एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको शंख्या ३० पुग्यो ः-
वैशाख ५, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जना गरि १४ जनामा पिसिआर टेस्टमै कोरोना संक्रमण भेटिएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु भारतीय नागरिक भएको स्रोतले बताएको छ । मस्जिदमा लुकेर बसेका उनीहरुलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको हो। हाल उनीहरुलाई कोशी अस्पतालको आइसोलेसनमा पठाइने भएको छ । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । तर यसको थप एकिनको लागि काठमाडौँको प्रयोगशालामा परीक्षण हुनेछ । थप पुष्टिका लागि उनीहरुको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ ।
जम्मा संक्रमित, उपचारबाट निकाे भएका तथा मृतियु भएका विवरण ः-
0 Comments